CSSD (Central Sterile Supply Department)
केन्द्रीय निष्कीटित सामग्री आपूर्ति सेवा
CSSD (Central Sterile Supply Department) अस्पतालको अत्यन्त महत्वपूर्ण सहायता सेवा हो। यस विभागमा शल्यक्रिया, प्रसूति तथा अन्य उपचारमा प्रयोग हुने सबै चिकित्सा उपकरण तथा सामग्रीलाई वैज्ञानिक विधिबाट सफा, निष्कीटित (Sterilized) र सुरक्षित रूपमा तयार गरी सम्बन्धित विभागमा उपलब्ध गराइन्छ। यस प्रक्रियाले संक्रमणको जोखिम कम गर्न, बिरामीको सुरक्षा सुनिश्चित गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुर्याउँछ।