अस्पताल प्रशासन

बयालपाटा प्रादेशिक अस्पतालको प्रशासन अस्पतालको समग्र व्यवस्थापन, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी सेवामुखी बनाउन प्रतिबद्ध छ। प्रशासनले मानव स्रोत व्यवस्थापन, आर्थिक तथा भौतिक स्रोतको परिचालन, खरिद तथा आपूर्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, योजना कार्यान्वयन, सेवा समन्वय तथा सुशासनको प्रवर्द्धनमार्फत अस्पतालको दैनिक सञ्चालनलाई व्यवस्थित बनाउँदै आएको छ।

प्रशासनको मुख्य उद्देश्य प्रत्येक सेवाग्राहीलाई गुणस्तरीय, सुरक्षित, सहज समयमै स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै अस्पतालमा उत्तरदायित्व, पारदर्शिता, दक्षता निरन्तर सुधार सुनिश्चित गर्नु हो। चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीसँग प्रभावकारी समन्वय गर्दै प्रशासनले सेवाको गुणस्तर अभिवृद्धि नागरिकमैत्री स्वास्थ्य सेवा प्रवाहमा निरन्तर योगदान पुर्याइरहेको छ।