FAQ

बारम्बार सोधिने प्रश्नहरू (FAQs)

प्रश्न: ओपिडीमा डाक्टरसँग जाँच गराउन के गर्ने?
उत्तर: बिहान ७ बजेदेखि टिकट काउन्टरबाट सम्बन्धित डाक्टरको पालो तथा कोठा नम्बरअनुसार टिकट लिन सकिन्छ।

प्रश्न: शनिबार अस्पताल खुल्छ कि खुल्दैन?
उत्तर: शनिबार ओपिडी सेवा तथा अस्पताल प्रशासन बन्द रहन्छ। तर अन्य आवश्यक तथा आपतकालीन सेवाहरू यथावत् सञ्चालनमा रहन्छन्।

प्रश्न: विपन्न नागरिक सेवा कहाँबाट प्राप्त गर्न सकिन्छ?
उत्तर: विपन्न नागरिक सेवा अस्पतालको सामाजिक सेवा इकाइबाट प्राप्त गर्न सकिन्छ।

प्रश्न: यस अस्पतालमा स्वास्थ्य बीमा सुविधा लागू छ?
उत्तर: हो, यस अस्पतालमा स्वास्थ्य बीमा सुविधा लागू रहेको छ।