सामाजिक सेवा इकाई

सामाजिक सेवा इकाईले आर्थिक रूपमा विपन्न, असहाय, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष आवश्यकता भएका सेवाग्राहीलाई आवश्यक सहजीकरण र परामर्श सेवा प्रदान गर्दछ। नेपाल सरकारको प्रचलित मापदण्डअनुसार उपलब्ध हुने सहुलियत तथा सामाजिक सुरक्षा कार्यक्रमको जानकारी उपलब्ध गराउनुका साथै उपचार प्रक्रियामा आवश्यक समन्वय गरी सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुर्याइन्छ।